काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रसुवाको लेन्दे नदीमा आएको बाढीले पुर्याएको क्षतिपछि उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै मंगलबार शर्माले वर्षायामसँगै गम्भीर घटना हुन थालेको भन्दै सरकार सचेत हुनुपर्ने बताएका हुन् । उनले बाढी जलवायु परिवर्तनको कारण हो कि के हो यसतर्फ पनि ख्याल गर्ने समेत बताए । ‘रसुवाको लेन्दे नदीमा १८ बढी बेपत्ता, नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ । एक सय बढी कन्टेनर गाडी बगाएको दुःखद् खबर आएको छ । जल्दै गरेको चितासहितको लास बगाएको मार्मिक घटना सार्वजनिक भएको छ,’ शर्माले भने ।
उनले भने, ‘नेपालले प्राकृतिक विपत्ति व्यहोर्दै आएको छ । असोज १२ मा पनि विपत्ति बेहोर्यौं । घटनापूर्व विपत्को सामना गर्ने तयारी सरकारले गरोस् । बाढी जलवायु परिवर्तनको कारण हो कि के हो, के यसतर्फ पनि ख्याल गर्नुपर्छ,’ उनले भने ।





























प्रतिक्रिया