काठमाडौं ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच आज भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा उनीहरु बीच भेटवार्ता भएको हो ।
आजको भेटमा दुई देशबीचको सम्बन्ध र दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।
नेकपाभित्र आन्तरिक विवाद कायम रहेकै बेला चिनियाँ राजदूतले नेकपाका नेताहरुसँगको भेटलाई तिब्रता दिएकी छिन् । यस अघि पनि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेकी थिइन् ।
नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री ओली र दाहालबीच अन्तरद्वन्द्व चलिरहेको समयमा राजदूतको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।
आजको भेटका क्रममा राजदूत यान्छीले चीनका राष्ट्रपति सि जिनपिनले लेखेको पछिल्लो पुस्तक उपहार दिएकी थिइन् ।































प्रतिक्रिया