काठमाडौं । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा.अच्युत वाग्लेले नेपालको उच्च शिक्षा प्रणाली र सरकारी नीतिको गहिरो आलोचना गर्दै वर्तमान अभ्यासले राष्ट्र निर्माणको सट्टा राष्ट्रशक्तिको पलायन गराइरहेको स्पष्ट पारेका छन् ।
मेडिकल शिक्षा लगायतका क्षेत्रहरूमा सरकारले स्कलरसिप दिएर विद्यार्थी उत्पादन गरे पनि, ती दक्ष जनशक्ति विदेशिन बाध्य बनाउने रणनीतिलाई ‘उल्टो बाटो’ र ‘दिगो विकासविरोधी’ भएको बताएका छन् ।
उनले भने, ‘‘नेपालमा स्कलरसिप दिएर पढाएर जति प्राविधिक उत्पादन गर्छौं, तिनलाई विदेश पठाउन सकौं भनेर हामीले गरिराख्या छौं। यसको स्पष्ट उदाहरण मेडिकल शिक्षा हो।”
प्रा. डा. वाग्लेका अनुसार हाल साढे १२ हजारमध्ये १० हजारभन्दा बढी चिकित्सक विदेशमा छन्, जुन रणनीति नेपालको स्वास्थ्य प्रणालीका लागि चुनौतीपूर्ण विषय बन्न पुगेको छ ।
नेपालमा स्पष्ट, दीर्घकालीन शिक्षा नीतिको खाँचो औंल्याउँदै भने, “नेपाल यस्तो एउटा देश हो जसको उच्च शिक्षा नीति पनि छैन, स्कुलको शिक्षा नीति पनि छैन। २०१८ साल यता कुनै वैधानिक शिक्षा नीति बनेको छैन ।
उपकुलपतिले बहुदलीय लोकतान्त्रिक प्रणालीको सन्दर्भमा फरक–फरक पार्टीहरूका फरक–फरक अवधारणाहरू हुनु स्वाभाविक भए तापनि, ती विचारहरू जनताबाट अनुमोदित भएर शिक्षा नीतिमा परिणत हुन नसकेको प्रति चिन्ता व्यक्त गरे ।
शिक्षा नीतिको उद्गम पार्टीको घोषणापत्रबाट हुनुपथ्र्यो। नीति भविष्यमा कहाँ पुग्ने हो भन्ने पूर्वानुमान गर्न सकिने बनाइनु पर्छ ।
उपकुलपतिका अनुसार, राज्यले आधुनिक युगमा आवश्यक पर्ने शाखा—जस्तै आर्टिफिशियल इन्टेलिजेन्स, जलस्रोत व्यवस्थापन, कृषि विज्ञान, सूचना प्रविधि आदिमा स्कलरसिप दिने र त्यस्ता क्षेत्रमा लगानी बढाउनेतर्फ खासै ध्यान दिएको छैन। उल्टो, जहाँबाट विद्यार्थी विदेश जान सजिलो हुन्छ, त्यही क्षेत्रमा राज्यको लगानी बढी रहेको उनले बताए ।
‘हाइड्रोपावर इन्जिनियर, एआई विशेषज्ञ, एग्रीकल्चर साइन्टीस्ट उत्पादन गर्नुपथ्र्यो । तर राज्य त्यो होइन, सेमी–स्किल्डमा लगानी गरिरहेको छ । अनि तिनलाई विदेश जान सजिलो होस् भन्ने नीतिमा लागेको छ ।’ उनले कटाक्ष गरे ।
उनले सुरुङको अन्त्यमा उज्यालो देखिनु त परै जाओस्, अझै सुरुङभित्रै अनेक खेल भइरहेका छन् भन्दै आशावादितालाई पनि यथार्थसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।





























प्रतिक्रिया