प्रधानमन्त्री ओली आज ताप्लेजुङ र इलाम जाने

प्रधानमन्त्री ओली आज ताप्लेजुङ र इलाम जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको घुन्सा र इलाम जाने भएका छन् । यसअघि मंसिर ५ गतेलाई तय भएको कार्यक्रम पार्टी विवादका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

प्रधानमन्त्री ओली घुन्सा फाउण्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन, स्थानीयलाई सम्बोधन तथा सीमावर्ती क्षेत्रको निरीक्षणका लागि घुन्सा जान लागेका हुन् ।

घुन्सापछि उनी इलामको सन्दकपुरमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न पुग्ने कार्यक्रम तय भएको बताइएको छ ।

इलाम र ताप्लेजुङमा भइरहेका विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न प्रधानमन्त्री ओली आज बिहान त्यसतर्फ जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Logo