घुस डिल प्रकरणः सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

घुस डिल प्रकरणः सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो नाम घुस डिल प्रकरणसँग जोडिएर प्रचारमा आएपछि पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।

सामाजिक सञ्जालमा मन्त्री गुप्ताले पछिल्लो केही दिनदेखि आफ्नो नाम निरन्तर घुस डिलसँग जोडेर प्रचारमा आएको कुरालाई स्वीकार गर्दै आफू ‘नखाएको विष लागेको’ अवस्थाको शिकार भएको बताएका छन् । उनले आफूमाथि लागेका आरोपहरूको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।

‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनून्’ भन्दैमन्त्री गुप्ताले फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान्दारी र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे छन् ।

७८ लाख रुपैयाँ घुस लेनदेनको गत पुसमा रेकर्ड गरिएको भनिएको अडियो टेपमा मन्त्री गुप्ताले कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र नेकपा (एमाले) गण्डकी प्रदेशका सदस्य खेमबहादुर पुनलाई कास्की भूमि आयोगको अध्यक्ष बनाउन २५ लाख घुस मागेको आरोप लागेको छ ।

यो अडियो केही दिनअघि सार्वजनिक भएपछि गुप्ता विवादको घेरामा परेका थिए । अडियोमा मन्त्री गुप्ताले बिचौलियासँग कुराकानी गरेको र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले समेत घुस लिएको दाबी गरेको सुनिन्छ ।

Skip This
Skip This
Logo