काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरेर कारवाहीको माग गर्दै आज काठमाडौंमा महिलाहरुले विरोध प्रदर्शन गरेका छन् । "/>

निर्मला पन्तका हत्यारा सरकारले नै लुकाएको मिना पुनको आरोप (भिडियोमा)

निर्मला पन्तका हत्यारा सरकारले नै लुकाएको मिना पुनको आरोप (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरेर कारवाहीको माग गर्दै आज काठमाडौंमा महिलाहरुले विरोध प्रदर्शन गरेका छन् । दुई महिना वितिसक्दा पनि हत्यार पत्ता लाग्न नसकेको भन्दै महिलाहरुले माईतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले नयाँ बानेश्वरमा पुगेर कोण सभा गरेका थिए । संयुक्त महिला संघर्ष समितिले आयोजना गरेको विरोध कार्यक्रममा महिला शक्ति महासंघ सचिवालय सदस्य कल्पना धमला, अखिल नेपाल महिला संघका अध्यक्ष तथा पुर्व सांसद मिना पुन, अखिल नेपाल प्रगतिशिल महिला संगठनका केन्द्रिय उपाध्यक्ष जनक चालिसे लगायतको उपस्थिति रहेको थियो ।

विरोध कार्यक्रममा पूर्व सांसद मिना पुनले हत्यारालाई अहिले सम्म सार्वजनिक गर्न नसक्नु र निर्दोषलाई हत्याराको नामले समाउनु, सरकारले हत्यारालाई योजनावद्ध रुपले लुकाएको आरोप लगाईन् । उनले यो घटनालाई चाँडै पार नलगाए कुर्सी छोड्ने वातावरण नआओस् भन्ने सरकारलाई चेतावनी दिईन् ।

 

Skip This
Skip This
Logo