काठमाडौं । नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले व्यक्तिगत वेबसाइट सार्वजनिक गरेकी छन् ।
वेबसाइटमा उनको प्रोफाइल, प्रमुख सम्बोधनहरू, तस्बिर संग्रह लगायतका विषय समेटिएका छन् ।
वेबसाइट सार्वजनिक गर्दै स्वकीय सचिव राजकुमार राईले भनेका छन्, ‘सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा सम्बन्धित अभिलेख एवं दस्तावेजहरूलाई एकै स्थानमा संग्रहित तथा सुव्यवस्थित गर्दै सर्वसाधारणका लागि सहज पहुँचबोग्य बनाउने उद्देश्यले तयार पारिएको हो।’
वेबसाइटमा समावेश सामग्रीहरू समयानुकूल थप, परिमार्जन र अद्यावधिक गरिदै लैजाने पनि बताइएको छ ।





























प्रतिक्रिया