काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले शपथ ग्रहण गरेकी छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले शपथ ग्रहण गरेकी हुन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए । न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।
न्यौपानेले शपथ ग्रहणलगत्तै पदभारसमेत गरेकी छन् ।































प्रतिक्रिया