काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ ।
शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितको टोलीले सबै भ्रष्टाचारका काण्डहरुमाथि पुनस् र व्यापक छानबिन गर्न तथा राजनीतिक नेतृत्व तहलाई उन्मुक्ति नदिन माग गर्दै टङ्गालमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।
राप्रपाले सुडान घोटाला, ललिता निवास, वाइडबडी, र ओम्नीलगायतका विभिन्न भ्रष्टाचार प्रकरणमा विस्तृत छानबिन र दोषीमाथि कडा कारबाही सुशासन र समृद्धिका लागि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । पार्टीले यस्ता छानबिन र कारबाहीमा कुनै पनि राजनीतिक हस्तक्षेप हुनु नहुनेमा जोड दिएको छ। भ्रष्टाचार उन्मूलन गरी सुशासन सुनिश्चित गर्नका लागि सरकार र सम्बन्धित सबै निकायहरूलाई कुनै पनि राजनीतिक पूर्वाग्रह बिना भ्रष्टाचारका घटनाहरूको छानबिन गर्न र संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न पनि आग्रह गरिएको छ।
साथै नेपाल–भारत सिमेन्ट आपूर्ति ठगी, गोरखापत्र जग्गा ठगी, गौरीगाउँ जग्गा ठगी, नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिद घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका पुराना तथा नयाँ सबै भ्रष्टाचारका घटनाहरूको गहन छानबिन गरी दोषीमाथि कठोर कारबाहीको माग गरेको छ।































प्रतिक्रिया