एमालेको पोलिटब्युरो बैठकबाट विधायन संशोधन सम्बन्धि प्रस्ताव पारित, उमेर हदको व्यवस्थालाई खारेज गर्ने

एमालेको पोलिटब्युरो बैठकबाट विधायन संशोधन सम्बन्धि प्रस्ताव पारित, उमेर हदको व्यवस्थालाई खारेज गर्ने

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकले विधायन संशोधन सम्बन्धि प्रस्तावलाई पारित गरेको छ ।

शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले विधायन संशोधन सम्बन्धि प्रस्ताव पारित गर्दै उमेर हदको व्यवस्थालाई खारेज गर्ने प्रस्ताव स्विकार गरेको नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले भने, ‘विधायन संशोधन सम्बन्धि प्रस्तावलाई पोलिटब्युरो बैठकले स्विकार गरेको छ । सर्वसहमतिले विधायन संशोधनलाई पारित गरेको छ । विषेशगरी त्यस भित्रका दईवटा कुरा पार्टी भित्र दुई सदस्यताको व्यवस्था पार्टीको संगठित सदस्यता र पार्टी सदस्यता भन्ने दुई वटा व्यवस्था र अर्को धारा ३४ को उमेर हदको व्यवस्थालाई खारेज गर्ने कुरा स्विकार गरेको छ ।’

उनले ६८ जना पोलिटब्युरो सदस्यहरुले आफ्नो धारण राख्दै पार्टीको जिल्ला कमिटिलाई कार्यकारी कमिटिकै रुपमा लिएर अगाडि बढ्ने बताए ।

Skip This
Skip This
Logo