न्याय परिषद्को बैठक बस्दै

न्याय परिषद्को बैठक बस्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । न्याय परिषद्को बैठक आज (आइतबार) बस्दै छ। आइतबार साँझ ५ बजे बस्नेगरी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बैठक बोलाएका हुन्।

विदेश भ्रमणमा रहेका न्याय परिषद् सदस्य दामोदर खड्काको सहमति लिएर प्रधानन्यायाधीश राउतले केही निर्णय गर्न बैठक बोलाएका हुन्।

प्रधानन्यायाधीश राउतले असार महिनाभित्रै ठूलो संख्यामा न्यायाधीश सरुवा गर्ने र उच्च अदालतमा केहीको नियुक्ति पनि गर्ने प्रयास गरेका थिए । तर, सदस्यबीच कुरा नमिलेपछि बसेका बैठकहरु निष्कर्षविहीन भएका थिए।

Skip This
Skip This
Logo