काठमाडाैं । केही समयअघि मात्र स्पेन भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे निमन्त्रणामा प्रधानमन्त्री ओली दुई दिने भारत भ्रमणका लागि भदौ ३१ मा त्यसतर्फ जाने भएका हुन् ।
३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।
अोली प्रधानमन्त्री बनेदेखि नै भारत भ्रमणमा जान चाहेका थिए । तर, एक वर्ष बित्दासम्म पनि सम्भव भएकाे थिएन । प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन सुरुवातदेखि नै परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले पनि निकै पहल गरेकी थिइन् । एमाले नेताहरू दिल्ली नै पुगेर भ्रमणको वातावरण बनाउन जोडतोडले लागेका थिए । र पनि ओलीको भारत भ्रमण हुन सकेको थिएन । तर लामाेसमयकाे प्रयासपछि प्रधानमन्त्री ओलीकाे भ्रमण तय भएकाे हाे ।





























प्रतिक्रिया