पूर्वराष्ट्रपति भण्डारी पुगिन् च्यासल

पूर्वराष्ट्रपति भण्डारी पुगिन् च्यासल

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेकी छन् । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका लागि उनी च्यासल गएकी हुन् ।

पछिल्लोसमय भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने भन्दै गरेको घोषणाले राजनीतिक वृत्त गर्माएको छ ।

भण्डारीलाई सक्रिय राजनीतिमा आउन पार्टी सदस्यता बाधक रहेको भन्दै ओली निकट नेताहरूले बताइरहेका बेला पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी हुन् । शनिबार पोलिटब्युरो बैठकको समापन गर्दै ओलीले भण्डारी राजनीतिमा आउने बारेमा आफूले संवाद गर्ने र पार्टीको निर्णयअनुसार निर्णय गर्ने बताएका थिए ।

Logo