काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकमा समावेश भएको कुलिङ पिरियडको विपक्षमा नेकपा एमाले राष्ट्रिय सभाका ५ जना सांसदले संशोधन हालेका छन् ।
सांसदहरु गोपाल भट्टराई, सोनाम गेल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला र सुमित्रा बिसीले कुलिङ पिरियड लागु गर्ने प्रावधान नराखी ऐन बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभा पुगेको विधेयकमा कुलिङ पिरियडमा जाझेल भएको भन्दै संशोधनका लागि राज्य व्यवस्था तथा सुशासन समितिले औपचारिक रुपमा आग्रह गरेपनि एमालेले हटाउनु पर्ने माग राखेको हो ।
यता राज्य व्यवस्था समितिले राजीनामा वा अवकास पाएका कर्मचारीले अर्को सरकारी नियुक्ति लिनका लागि कम्तिमा दुई वर्ष कुर्नुपर्ने प्रावधान राख्न निर्णय गरे पनि प्रतिवेदन लेखनका क्रममा जाझेल भएको पाइएपछि प्रतिनिसभाले सात सदस्यीय छानिबन समिति बनाएर काम गरिरहेको छ।





























प्रतिक्रिया