च्यासलमा सुरु भयाे एमाले केन्द्रीय कमिटी बैठक

च्यासलमा सुरु भयाे एमाले केन्द्रीय कमिटी बैठक

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदाबारे छलफल हुनेछ । प्रत्येक सदस्यहरुलाई ३ मिनेटकाे समय निर्धारण गरिएकाे छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महासचिव शंकर पोखरेलले सांगठिनक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।

यसअघि बसेको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव सुझावसहित पारित गरेको थियो। पोलिटब्युरोले पारित गरेको विधानमा कार्यकारी कमिटीमा ७० वर्षे उमेरहद, लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्ने प्रावधान राखिएको छैन। त्यस्तै १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी रहने प्रबन्ध गरिएको छ।

Logo