प्रतिनिधिसभाअन्तर्गत आज तीन समितिको बैठक बस्दै

प्रतिनिधिसभाअन्तर्गत आज तीन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत आज तीन समितिको बैठक बस्दैछ ।

मंगलबार कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागिएको हो । आज दिनको १ बजे बस्न लागेको कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ः३० बजे बस्दैछ ।

साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची रहेको छ । बैठक दिनको ३ बजे समितिको बैठक कक्षमा बस्दैँ छ ।

Skip This
Skip This
Logo