काठमाडौं

नेपाल कृषि प्रदान देश भएपनि खसीबोकामा मात्र वर्षमा करिब ६ अर्व रुपैयाँ बाहिरीने गरेको छ । "/>

नेपालबाट खसीबोकाकै लागि वार्षिक ६ अर्ब बाहिरिन्छ

नेपालबाट खसीबोकाकै लागि वार्षिक ६ अर्ब बाहिरिन्छ


काठमाडौं

नेपाल कृषि प्रदान देश भएपनि खसीबोकामा मात्र वर्षमा करिब ६ अर्व रुपैयाँ बाहिरीने गरेको छ । नेपालमा प्रर्याप्त रुपमा खसीबोका उत्पादन नहुँदा नेपाली पैसा यसरी वर्षेनी बाहिरिदै गएको हो ।

नेपाली व्यवसायीहरुले भारतबाट हप्तामा मात्र साँढे आठ करोड मुल्य बराबरको खसीबोका आयात गर्दै आएका छन् । नेपालमा ढुवानीको राम्रो व्यवस्था र संकलन केन्द्र नहुँदा वर्षेनी अरबौं रुपैयाँ बाहीरीने गरेको काठमाडौं चौपाया खरीद विक्री प्रा. लिका अध्यक्ष जनक कुमार खड्काले बताए । उनका अनुसार नेपाली व्यापारीहरुले भारतबाट आइतबार र विहीबार खसीबोका आयात गर्ने गरेका छन् ।

दशैं बाहेक हप्ताको दुई दिन मात्र २३ ट्रक आयात गर्ने गरेको उनले बताए । एक ट्रकमा २ सय ५० खसीबोका अटाउँछन् । भारतबाट नेपालमा २३ ट्रकका दरले वर्षमा २ लाख ९९ हजार वटा खसीबोका आयात हुने गर्दछन् ।

भारतबाट नेपाली बजारमा आइपुग्दा एउटा खसीको ज्याला ३ सय रुपैयाँ पर्न जाने उनले बताए । उक्त खसीको हिसाब गर्दा वर्षमा ५ अर्व ९३ करोड ३५ लाख रुपैयाँको खसी बोका आयात हुने गरेको छ । उक्त खसी बोका आयात गर्नलाई नेपाली व्यापारीहरुले वर्षमा करिब ८ करोड ९७ लाख ज्याला तिर्नु पर्ने देखिन्छ ।
राजधानीबाट

Logo