काठमाडौं । नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे निर्णय गर्ने तयारी गरेको छ ।
पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्नेलगायत विषयमा अधिकांश केन्द्रीय सदस्यले धारणा राखिसकेकाले उनीबारे पनि निर्णय हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
भण्डारीले एमालेको सक्रिय राजनीति पुनः सक्रिय हुने घोषणा गरिसकेकी छन् भने अब पछि नहट्ने उनको अडान छ । तर यता एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने उनलाई पार्टी सक्रिय गराउने पक्षमा छैनन् ।































प्रतिक्रिया