काठमाडौं । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो ।
यसअघि असार २६ गते मधेश प्रदेश सरकारले नै सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
नेपालको अन्नभण्डार भनिने मधेश प्रदेश समयमै वर्षा नहुँदा अहिले खडेरी र सुक्खाको मारमा परेको छ । धान रोपाईं हुन सकेको छैन। हालसम्म ४६ प्रतिशत भूभागमा मात्रै रोपाइँ भएको छ । रोपिएका रोपो पनि सूक्न थालेका छन् । खानेपानीको पनि उस्तै हाहाकार छ ।





























प्रतिक्रिया