सरकारको आलोचना गर्ने फेसन बन्यो, हल्ला चलेकै भरमा कोहीमाथि कारबाही हुँदैन -प्रधानमन्त्री ओली

सरकारको आलोचना गर्ने फेसन बन्यो, हल्ला चलेकै भरमा कोहीमाथि कारबाही हुँदैन -प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला चलेकै भरमा कोहीमाथि कारबाही नहुने बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले भने, ‘हल्ला केही चल्यो, केही बोल्यो, कहिँ कतै छपायो, अथवा फेसबुकमा स्टाटस लेख्यो त्यसैका आधारमा कारबाही हुँदैन भन्ने सबैलाई थाहा हुनुपर्छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सोधेको प्रश्नमा उनको यो जवाफ आएको हो ।

साथै प्रधानमन्त्री ओलीले आजभोलि सरकारको आलोचना फेसन बनेको भन्दै लाञ्छनाहरूप्रति धेरै वास्ता नगर्ने पनि बताए ।

Logo