प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै, खडेरीले समस्यामा परेका किसानहरूलाई भेट्ने

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै, खडेरीले समस्यामा परेका किसानहरूलाई भेट्ने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशमा लागेको सुख्खाको अनुगमन गर्ने भएका छन् ।

आज महोत्तरी र बारा जाँदै गरेका प्रधानमन्त्री ओलीले त्यहाँको वस्तुस्थिति हेरेर स्थानीय किसानहरूसँग कुरा गर्ने तयारी गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ।’

वर्षा हुन नसकेर खडेरी र सुक्खाको मारमा परेको मधेश प्रदेशलाई सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ बमोजिम राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाका लागि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको हो । घोषणापश्चात् सरकारले सम्पूर्ण स्रोतसाधन परिचालन गर्ने बताएको छ ।

मधेस प्रदेशका जिल्लाहरू यो वर्ष अनावृष्टिका कारण सुख्खा र खडेरीको मारमा छ । पानीको कमीले गर्दा मधेशमा खानेपानी र सिंचाइ प्रणालीमा समेत प्रभाव परेको छ । नेपालको अन्नभण्डार भनिने तराई मधेशमा मनसुन भित्रिएको डेढ महिनाभन्दा बढी समय भइसक्दा पनि किसानहरुले धान रोप्न पाएका छैनन् । धान रोपिएका खेत पनि पानी अभावले चिरा परेका छन् । इनार र ट्युबेल सुकेका छन् ।

Skip This
Skip This
Logo