काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । सोमबार बिहान बालुवाटारमा भएको भेटमा निर्मलाकी आमा दुर्गा र बाबु यज्ञराजले प्रधानमन्त्रीसँग न्यायो लागि अपिल गरेका थिए । "/>

जब प्रधानमन्त्रीकै अगाडि निर्मलाकी आमाले बरर आशु झारिन

जब प्रधानमन्त्रीकै अगाडि निर्मलाकी आमाले बरर आशु झारिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । सोमबार बिहान बालुवाटारमा भएको भेटमा निर्मलाकी आमा दुर्गा र बाबु यज्ञराजले प्रधानमन्त्रीसँग न्यायो लागि अपिल गरेका थिए ।

आमाबाबुसँगै त्यस क्षेत्रका सांसद र अधिकारकर्मीहरु पनि बालुवाटार पुगेका थिए । भेटपछि निर्मलाकी आमा दुर्गाले घटनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएकी थिईन् । उनले न्याय पाउनेकी नपाउने भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेकी थिईन् । आखाबाट बरर आँशु झार्दै दुर्गाले भनिन्, ‘हामीले न्याय पाउने कि नपाउने ?’

कञ्चनपुरमा आन्दोलन हुँदा समेत न्याय नपाएकाले काठमाडौं आउनु परेको बताउँदै उनले भनिन्, कञ्चनपुरमा त्यत्रो आन्दोलन भयो तर मैले न्याय पाईन् । प्रधानमन्त्री ज्यू अब तपाईबाट पनि न्याय नपाए हामी कहाँ जाने ?

जवाफमा प्रधानमन्त्री ओलीले भने आफूले घटनालाई ढाकछोप गर्न नखोजेको स्पष्टीकरण दिएका छन् । घटनामा संलग्नहरुलाई कारबाही गर्न टोली खटाएको भन्दै उनले भने, ‘निर्मला हाम्री पनि छोरी हुन् । भोलि अरुलाई यस्तो नहोस् ।’

प्रधानमन्त्री ओलीले त्यस घटनालाई आफूले सुरुदेखि नै गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै घटनालाई ढाकछोप हुन नदिन सरकारले धेरैवटा छानबिन टोली परिचालन गरेको बताए ।

घटनाको तथ्य पत्ता लगाउन डीआईजी नेतृत्वको शक्तिशाली छानबिन टोली परिचालन गरिएको प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री ओलीले घटनामा प्रमाण नष्ट गर्नेलगायतका काम गरेको पाइएपछि त्यहाँ परिचालित ६ जना प्रहरी अधिकृतलाई निलम्बन गरिएको बताए ।

 

 

Skip This
Skip This
Logo