कुलिङ अफ पिरियडलाई रोक्न एमालेले षड्यन्त्र गर्दैछ, प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ -अध्यक्ष प्रचण्ड

कुलिङ अफ पिरियडलाई रोक्न एमालेले षड्यन्त्र गर्दैछ, प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन (कुलिङ अफ पिरियड) लाई रोक्न एमालेले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

शनिबार राजधानीमा आयोजित सहिद शिक्षक स्मृति केन्द्रको बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले ऐनबारे संसदमा भएको संशोधन र एमाले सांसदहरूको भूमिकालाई संकेत गर्दै उक्त दलको नियतमै समस्या रहेको बताए । उनले भने, ‘संघीय निजामती ऐन जुन कुलिङ अफ पिरियडमा एमालेले म्याउँ गरेरै छाड्यो । उसको नै नियत रहेछ संघीय निजामती ऐनका विरुद्धमा षड्यन्त्र गर्ने ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जिम्मेवारी लिनुपर्ने बताए । प्रचण्डले प्रधानमन्त्री ओलीकै संलग्नतामा ऐनलाई निष्क्रिय तुल्याउने प्रयास भएको दाबी गर्दै छानबिनको दायरामा उनी पनि पर्नुपर्ने धारणा राखे ।

‘शंकाको सुई पहिला पनि प्रधानमन्त्री तिरै थियो, तर ठोस रुपमा भन्ने आधार थिएन,’ उनले भने, ‘अहिले एमाले सांसदहरूले गरेको गतिविधिहरू र संशोधनबाट नै यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । त्यसकारण छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ भनेर हामीले भनेका छौं ।’

संघीय निजामती ऐनको विवाद पछिल्लो समय राजनीतिक दलहरूबीच तिव्र विवादको विषय बनेको छ ।

Skip This
Skip This
Logo