नेतृत्वको चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गरौँ -सुदन किराती

नेतृत्वको चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गरौँ -सुदन किराती

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदन किरातीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच पछिल्लो समय चलिरहेको ‘नोकझोंक’ का बीच केन्द्रीय समितिको निर्णय कार्यान्वयनका लागि चार सर्त दृढतापूर्वक लागू गर्न आह्वान गरेका छन्।

शर्मा निकट मानिने किरातीले आज बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पार्टीलाई सुदृढ बनाउनका लागि यी सर्तहरू अपरिहार्य रहेको बताएका छन्। उनको यो आह्वान पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्वमाथि प्रश्न उठिरहेका बेला आएको हो, जसलाई पार्टी नेतृत्वमाथि अप्रत्यक्ष प्रहारका रूपमा हेरिएको छ।

किरातीले केन्द्रीय समितिको निर्णयको ‘स्पिरिट’ (भावनात्मक पक्ष) कार्यान्वयन गर्न निम्न सर्तहरू दृढतापूर्वक लागू गर्न आग्रह गरेका छन्:

१.पार्टी बलियो बनाउन सुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तिव्र बनाऔं ।
२. शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हौँ ।
३. प्रश्न गर्नेहरुलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृतिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ ।
४. नेतृत्वको विचार र योगदानलाई जुग-जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गरौँ ।

किरातीको यो अभिव्यक्तिले माओवादी केन्द्रभित्रको आन्तरिक कलह थप सतहमा आएको संकेत गरेको छ।

Logo