बागमतीका खानेपानी मन्त्री खड्काले दिए राजीनामा

बागमतीका खानेपानी मन्त्री खड्काले दिए राजीनामा

केन्द्रबिन्दु
51
Shares

काठमाडौ. । बागमती प्रदेश सरकारका खानेपानी,ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री बहादुरसिंह लामासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

कांग्रेसबाट मन्त्री बनेका प्रदेशका ४ मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका छन् । प्रदेशको युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए ।

राजीनामा बुझाएर उनीहरूले कांग्रेस प्रदेश संसदीय दलको नेताबाट हटाउन मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा खड्कासहित २२ सांसदहरूले हस्ताक्षर गरेका छन्। खड्काले राजीनामा दिएसँगै लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका हुन्।

Logo