काठमााडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टी छाड्न चुनौती दिएका छन् ।
शुक्रबार विराटनगरमा पत्रकारहरुसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले खनालले पार्टी नीति विपरीत बोलेकाले बिदा हुनु ठीक हुने सुझाव दिएका हुन् । ‘उहाँले एमाले टुक्रयाउनु गलत भएको भन्नुभएछ । नैतिकता आधारमा पार्टीबाट बिदा लिन सुझाव दिन्छु ।’ उनले भने ।
एक अन्तर्वार्तामा खनालले एमालेमा गरिएको विद्रोह गलत भएको बताएका थिए । ‘जतिबेला पार्टी विभाजन गरियो, त्यो गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु। एमालेमा जुन विद्रोह गरियो। अहिलेसम्म पुष्टि नै भएन। पुष्टि नहुनुको अर्थ गलत भयो। मलाई त्यो अनुभूति भयो,’ खनालकाे भनाइ छ । त्यसै विषयलाई लिएर अध्यक्ष नेपालले पार्टी छाड्न सुझाव दिएका हुन् ।































प्रतिक्रिया