काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।
सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसका ६४ सांसदको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
संसदीय दलको हैसियत गुमाएका बहादुरसिंह लामाले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको थियो ।































प्रतिक्रिया