काठमाडौं । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् ।
कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा पेश गरेको दाबीअनुसार आज उनलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्ति गरेका हुन् ।
बानियाँ मकवानपुरबाट मुख्यमन्त्री हुने दोस्रो सांसद हुन्, संस्थापक मुख्यमन्त्री पौडेल पनि मकवानपुरबासी हुन् । बानियाँ ४ मंसिर २०७० मा भएको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।





























प्रतिक्रिया