मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ८ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा कांग्रेसका २ र एमालेका ६ मन्त्रीले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष सपथ खाएका हुन् ।
कांग्रेसका २ र एमालेका ६ मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
एमालेबाट मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकास मन्त्री, डा. दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापालाई श्रम रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्रीकाे जिम्मेवारी दिइएकाे छ ।
कांग्रेसबाट भने खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त भएका छन् । उनले पनि सपथ लिएका छन् ।































प्रतिक्रिया