सरकारको कस्टडीमा समेत व्यक्ति सुरक्षित छैन -सांसद शाह

सरकारको कस्टडीमा समेत व्यक्ति सुरक्षित छैन -सांसद शाह

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । प्रतिपक्षी दल आम जनता पार्टीका सांसद प्रभु शाहले सरकारको कस्टडिमा रहेको व्यक्तिहरु सुरक्षित नभएको बताएका छन् ।

बुधबार प्रतिनिधी सभाको बैठकमा बोल्दै उनले केही दिनअघि कैलाली कारागारमा भएको भरत चौधरीको मृत्युको सन्दर्भलाई जोडेर सरकारको कस्टडिमा व्यक्ति सुरक्षित नभएको बताएका हुन् । उनले नेपालमा नेताको लुट र भ्रस्टाचार मात्र सुरक्षित भएको बताए ।

उनले सरकारको कस्टडीमा एउटा कैदी बन्दिको हत्या हुन्छ त्यस्को जिम्मा कस्ले लिने भन्दै यसमा कैदी बन्दि दोषी हो कि सरकारको बेथिती दोषि हो भनेर सरकारसँग प्रश्न गरे । सरकारको कस्टडीमा कैदी सुरक्षित नहुनु सामान्य कुरा नभएकाले यस्को जिम्मा सरकारका सम्बन्धित मन्त्रीले लिनुपर्ने उनले बताए ।

‘देशमा शान्ति सुरक्षा त कायम भएन भएन अब त कारागार समेत मान्ेछ सुरक्षित भएनन् । सरकारको कस्टडिमा समेत व्यक्ति सुरक्षित नहुने भयो । नेपालमा त हामी हेर्दा एउटा मात्र सुरक्षित छ त्यो हो नेताको लुट र भ्रस्टचार । हिजो विरगन्ज कारगारमा समयमा उपचार नपाएर एक जना कैदी राहुल शाहाको मृत्यु भयो । माथिको आदेशको अभावमा ति व्यक्ति हस्पिटल हुँदा हँुदैपनि मृत्युवरण गर्नु पर्यो । केहि लिन अधि दुनियालाई लज्जित हुने कैलाली कारागारमा भरत चौधरीको मृत्यु भयो,’ उनले भने । ‘म सोध्न चाहन्छु भरत चौधरीको हत्याको जिम्मा कस्ले लिई दिन्छ ।’

Logo