काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालको सरुवा भएको छ ।
गत फागुन अन्तिम साता विभागमा आएका दाहालको ६ महिना पनि नपुग्दै बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय समावेशी आयोगमा सरुवा गरेको हो । उनको स्थानमा समावेशी आयोगका सचिव बलराम निरौलालाई तानिएको छ ।
दाहालले विभागमा आएलगत्तै अधिकतम खुद्रा विक्री मूल्य अर्थात् एमआरपी लागू गर्ने र निजी विद्यालयको शुल्कमा अनुगमन अभियान चलाएका थिए । ३ महिनापछि अनिवार्य अवकाशमा जाँदै गरेका उनको अहिले सरुवा गरिएको हो ।





























प्रतिक्रिया