काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर थापा अमेरिकाबाट डिपोर्ट भएका छन्।
ठगी मामिलमा मुछिएका उनलाई केही दिनअघि अमेरिकी अध्यागमनले डिपोर्ट गरेको हो । रास्वपा सभापति रवि लामिछाने अमेरिकामा हुँदा नै थापाको उनीसँग राम्रो सम्बन्ध थियो। रास्वपा गठन हुँदा उनी पनि नेपाल आएर केन्द्रीय सदस्य बनेका थिए।
अहिले थापा रास्वपाको जिम्मेवारीबाट अलग भइसकेका छन्।





























प्रतिक्रिया