भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिने

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिने

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी भारतीय वायुसेनाको विमानबाट आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । विदेशसचिव भएपछि उनी दोस्रोपटक नेपाल आएका हुन् ।

सचिव मिश्रीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिनेछन् । प्रधानमन्त्री ओली ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमणमा जाने तय भएको छ ।

विदेशसचिव मिश्रीका अधिकांश भेटवार्ता आइतबारै हुनेछन् । आइतबार नै नेपाल र भारतका परराष्ट्रसचिवहरूबिच औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । कनेक्टिभिटी, विकास सहयोग तथा पारस्परिक अन्य विषयलगायत नेपाल–भारत साझेदारीबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशसचिव मिश्रीले आइतबारै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

सचिव मिश्री सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।

Logo