काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्ने भएको छ ।
आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्नेगरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएको हुन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, स्थायी समिति बैठकका निर्णयको कार्यान्वयन, कार्य सम्पादन सम्बन्धी, मेला सम्मेलन र आन्तरिक विषयमा छलफल हुने उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
उनले भने, ‘आजको बैठकमा राजनीतिक घटनाक्रम, स्थायी समिति बैठकका निर्णयको कार्यान्वयन, कार्य सम्पादन सम्बन्धी, मेला सम्मेलन र आन्तरिक विषयमा छलफल हुने तय भएको छ ।’
यस्तै, उनले बैठकमा स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानको तयारी बारे र विप्लव नेतृत्वको नेकपासँग गर्ने भनिएको पार्टी एकताबारे पनि सामान्य रुपमा छलफल गर्ने बताए ।





























प्रतिक्रिया