प्रचण्डले नख्खु कारागार पुगेर भेटे रवि लामिछानेलाई, अहिलेकाे बसाइ धेरै राम्रो रहेको प्रतिक्रिया

प्रचण्डले नख्खु कारागार पुगेर भेटे रवि लामिछानेलाई, अहिलेकाे बसाइ धेरै राम्रो रहेको प्रतिक्रिया

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

ललितपुरको नख्खु कारागारमा पुगेर उनले बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा थुनामा रहेका लामिछानेलाई भेटेका हुन् ।

भेटवार्ताका क्रममा लामिछानेले भैरहवा कारागारको भन्दा नख्खुमा धेरै राम्रो सेवा सुविधा पाएको जानकारी गराएका छन् ।

लामिछानेलाई केही दिनअघि मात्रै रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागारमा स्थानान्तरण गरिएको थियाे । यसअघि पटक-पटकको आग्रहका बावजुत पनि काठमाडाैं उपत्यकाका कारागारमा सरुवा नगरिएको लामिछानेलाई चाैतर्फी दबाबबीच लामिछानेलाई ल्याइएकाे हाे ।

Logo