अध्यक्ष माधव नेपाल उखु किसानहरूसँगै धर्नामा

अध्यक्ष माधव नेपाल उखु किसानहरूसँगै धर्नामा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । काठमाडौंमा जारी उखु किसानहरूको आन्दोलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि समर्थन जनाएका छन् ।

मंगलबार अध्यक्ष नेपाल माइतीघर मण्डला पुगेर उखु किसानहरूसँग धर्नामा बसेका हुन् ।

गत वर्ष उखुको प्रतिक्विन्टल मूल्य ६५५ रुपियाँ तोकिएको थियो । यसमध्ये चिनी उद्योगले ५८५ रुपियाँ र सरकारले ७० रुपियाँ अनुदान दिने व्यवस्था थियो । तर बजेट अभाव देखाउँदै सरकारले अनुदान रकम आधा घटाएर प्रतिक्विन्टल ३५ रुपियाँमा झारेको छ । किसानहरूले यो रकम अस्वीकार गर्दै पुरानै ७० रुपियाँ कायम गर्न माग गरेका छन् ।

Logo