काठमाडौं । ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा मनोनयन दर्ता गराएकी छन्।
संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएलगत्तै न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन्। उनको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा छन् भने समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन्।
बुधबार हुने निर्वाचनका लागि नेपाली कांग्रेस पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेकी न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
‘कुलिङ अफ पिरियड’ प्रकरणमा समिति सभापति खतिवडाले गएकाे साउन २८ गते पदबाट राजीनामा दिएपछि सभापति पद अहिले रिक्त छ। खतिवडा नेपाली कांग्रेसबाट सभापति बनेका थिए । रिक्त पदका लागि संघीय संसद सचिवालयले २०८२ साल भदौ ११ गते बुधबार बिहान ११ बजे निर्वाचन ताेकेकाे छ।





























प्रतिक्रिया