उर्जासचिवको विदाइमा मन्त्री खड्काले भने- उहाँ कुशल प्रशासक हो

उर्जासचिवको विदाइमा मन्त्री खड्काले भने- उहाँ कुशल प्रशासक हो

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । करिब साढे तीन दशक लामो सरकारी सेवा जीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य विदा भएका छन् ।

आइतवार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक विदाई गरे । कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीदेखि विभिन्न तह–तप्काका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

विदाई कार्यक्रममा मन्त्री खड्काले सचिव आचार्यलाई ‘प्रष्ट विचार राख्ने, काममा कठोर तर इमानदार, जिम्मेवार र सहकार्यको भावना बोकेको कुशल प्रशासक’ भन्दै प्रशंसा गरे ।

मन्त्री खड्काले भने, ‘हस्पिटलको बेडमै रहँदा पनि जिम्मेवारीबारे सोच्ने उहाँ जस्ता समर्पित व्यक्ति राज्यको सम्पत्ति हुन्। साहित्य, लेखन र मनोरञ्जनप्रति रुचि राख्ने सचिव आचार्यलाई अवकाशपछि पनि राज्यले विभिन्न क्षेत्रमा उपयोग गर्न सक्नेछ ।’

२०८१ असोज ६ देखि ऊर्जामन्त्रालयमा सचिवको रुपमा कार्य गरेका आचार्यको योगदान स्मरण गर्दै मन्त्री खड्काले स्वस्थ र सुखमय अवकाश जीवनको शुभकामना व्यक्त गरे ।

Skip This
Skip This
Logo