काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा रहेका भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।
भेटको तस्बिर मोदीले आफ्नो ट्विटरमार्फत सार्वजनिक गर्दै भनेका छन्, ‘थियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ।’
शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली हाल चीन भ्रमणमा छन् । उनले शनिबार नै चीनका राष्ट्रपति सी चिनफिडसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन् । यो भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति कडा आपत्ति जनाएको खबर बाहिरिएका थिए ।
भारतीय समकक्षी मोदीसँग पनि यही विषय उठाएकी की उठाएनन् भन्ने कुरा खुलेको छैन ।





























प्रतिक्रिया