काठमाडौं । प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. लेखजंग थापा उम्मेदवार घोषणा भएका छन् ।
प्राइमरी इलेक्सनमा डा. थापा निर्वाचित भएका हुन् । योसँगै रुपन्देही–३ का लागि उम्मेदवार घोषणा गर्ने रास्वपा पहिलो दल बनेको छ ।
उम्मेदवार हुन इच्छुकमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा। लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्याल थिए । उनीहरुले आज नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई भेटेका थिए ।
सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता हुन् । १६ वर्षभन्दा लामो समयदेखि उनले स्ट्रोकको उपचार, निदान र सचेतनामा भूमिका खेलेका छन् । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्युरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।





























प्रतिक्रिया