काठमाडौं । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित भएको छ ।
आज बसेको विधायन समितिको बैठकले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पारित गरेको हो । सो विधेयक असार १४ गते प्रतिनिधि सभा बैठकबाट पास भएर राष्ट्रिय सभामा पठाइएको थियो । राष्ट्रिय सभाले दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो । र आज पारित भएको हो ।
यो प्रतिवेदन समितिकी सभापति तुलसाकुमारी दाहालले राष्ट्रियसभामा पेस गर्ने कार्यसूची राखिएको छ ।





























प्रतिक्रिया