स्वर्णिम वाग्लेले साइबर ब्युरोमा दिए निवेदन

स्वर्णिम वाग्लेले साइबर ब्युरोमा दिए निवेदन

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले काठमाडौंको भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा  साइबर ब्युरोमा पुगेका छन् ।

आफ्नो ‘डिप फेक’ अडिओ बनाएको भन्दै उनले साइबर ब्युरोमा निवेदन दर्ता गरेका हुन् । भिडिओ कन्टेन्टमा अडिओ आफ्नो जस्तो बनाएर राखिएको उनको आरोप छ ।

नेपाल–भारत सम्बन्ध, सीमा समस्यामा वाग्लेको अभिव्यक्ति भन्दै विभिन्न भिडिओ र टेक्स्ट सामग्री सामाजिक सञ्जालमा राखिएको थियो। डिपफेक भनिएको भिडियोमा वाग्लेको जस्तै आवाजमा ८४ पछि रास्वपा सत्तामा आउने र त्यसपछि सबै कुरा मिलाउँदै जाने भनि हिन्दी भाषामा बोलिएको छ। त्यहाँ भनिएको छ, ‘क्या करलेंगे।हम तो मिलालेंगे ना ए सब। सब कुछ मिलालेंगे। आप चिन्ता मत किजिए। ८४ में.. इन द कमिङ इलेक्सन वी विल बी दि मेन फोर्स अफ दिस कन्ट्री। सो आपलोग तो चिन्ता मत करिए। य सब हो जाएगा। बस् चिन्ता मत किजिए।’

यस विषयमा रास्वपाका सांसद हरि ढकालले आजै प्रतिनिधि सभा बैठकमा पनि सत्तापक्षले आफ्ना नेताहरूको ‘डीपफेक भ्वाइस रेकर्ड’ बनाएर चरित्रहत्या गर्न थालेको गम्भीर आरोप लगाएका थिए ।

Logo