काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भएका छन् ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिअनुसार, बिहीबार दिउँसो ४ बजेसम्म दिएको समयावधिमा खतिवडाको एकल उमेदवारी परेको छ ।
निजामती विधेयकमा कुलिङ अफ पिरियड प्रावधानमा भएको गडबडीबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनपछि खतिवडाले राज्यव्यवस्था समिति सभापतिबाट राजीनामा दिएका थिए र राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्न ईश्वरीदेवी न्यौपानेले सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएकी थिइन् ।
जसमा उमेदवारी दिएका खतिवडा निर्विरोध भएका हुन् ।





























प्रतिक्रिया