८४ मा एमालेलाई बहुमत ल्याउन कसैले पनि रोक्न सक्दैन -अध्यक्ष ओली

८४ मा एमालेलाई बहुमत ल्याउन कसैले पनि रोक्न सक्दैन -अध्यक्ष ओली

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा पार्टीलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित सुरु भएको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘संगठनका कमिटी र कार्यकर्ताहरू परिचालन गरेर गयौँ भने ०८४ मा बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन।’

एमाले सरकारमा रहेको बेला हुने चुनावमा कसैले धाँधली गर्न नसक्ने उनको भनाइ छ ।

Logo