बन्द सामाजिक सञ्जालमा प्रधानमन्त्रीको सचिवालय ‘सक्रिय’

बन्द सामाजिक सञ्जालमा प्रधानमन्त्रीको सचिवालय ‘सक्रिय’

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सरकारले बन्द गर्ने निर्णय गरेको २४ घण्टा वित्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको भने निर्वाध रुपमा सामाजिक सञ्जाल चलिरहेको छ ।

पीएम सेक्रेटेरियट नामको फेसबुक पेजदेखि सचिवालयको ह्वाट्सएप ग्रुपसम्ममा यथावत्रुपले सूचना सम्प्रेषण भइरहेको पाइएको छ । प्रधानमन्त्री ओली सहभागी कार्यक्रमको स्टाटस र तस्बिरहरू पोस्ट भएका भैरहेका छन् । सरकारले बन्द गर्ने गरेको सामाजिक सञ्जालमा प्रधानमन्त्रीकै सचिवालय सक्रिय हुनु आफैंमा अनौठो छ ।

सरकारको निर्णयपछि अहिलेसम्म ९० वटा इन्टरनेट सेवा प्रदायक संस्थाले फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय गरेका छन् । केहीले मात्रै निष्क्रिय गर्न बाँकी रहेको छ ।

Skip This
Skip This
Logo