काठमाडौं । सोमबारको प्रदर्शनपछि तनावग्रसत बनेको काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि आज बिहानैदेखि फेरि नाराबाजी सुरु भएको छ । युवाहरुले संसद भवनको मूल गेटअगाडि भेला भएर प्रधानमन्त्री र सरकारविरूद्ध नाराबाजी गरिरहेका छन्।
इदपी जल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान साढे ८ बजेदेखि काठमाडौंको चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेको छ।
भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सरकारद्वारा एकतर्फी बन्द गरिएका सामाजिक सञ्जाल खुलाउनुपर्नेलगायत मागसहित ‘जेन–जी’ समूहले सोमबार गरेको प्रदर्शनमा राज्यले बर्बर दमन गर्दा १९ जनाको ज्यान गएको छ । प्रहरी दमनमा घाइते भएका मध्ये ४ सय २२ जनाको विभिन्न १४ अस्पतालमा उपचार भइरहेको छ भने १० जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । झडपमा परी ७१ जना सुरक्षाकर्मी पनि घाइते छन् ।































प्रतिक्रिया