काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले आफू कुनै दलका नेतृत्वसँग संवादमा नरहेको स्पष्ट पारेकी छन् ।
जेन-जीको आन्दोलनपछिको परिस्थितिमा नेपाली कांग्रेस, एमाले, माओवादी र रास्वपाका युवा नेताहरू संयुक्त छलफलमालगायत समाचार बाहिरिएपछि उनी बोलेकी हुन् । बरु उनले सोधेर मात्रै समाचार लेख्न पनि ध्यानाकर्षण गराएकी छन् ।
यसअघि सांसद गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयास जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई संकटमा पार्ने भएकोले स्वीकार्य नहुने बताएकी थिइन् । उनका अनुसार संसद विघटन हुनु भनेको “जनता संकटमा पर्नु, जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता नै जोखिममा पर्नु” हो। उनले भनेकी छन्, “नेता पो भ्रष्टाचारी भएका हुन्। ती भ्रष्ट नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। तर संसद विघटन गरेर समस्या समाधान हुँदैन। संसद विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि प्रहार गर्नु हो।”































प्रतिक्रिया