नेपालमा नयाँ युगको सुरुवात भयाे, अब भ्रष्टाचार गर्न सय पटक सोच्नुपर्ने अवस्था आउँछ -ज्ञानेन्द्र शाही

नेपालमा नयाँ युगको सुरुवात भयाे, अब भ्रष्टाचार गर्न सय पटक सोच्नुपर्ने अवस्था आउँछ -ज्ञानेन्द्र शाही

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालले पहिलो महिला प्रधानमन्त्री पाएकोमा खुसी व्यक्त गर्दै देशमा नयाँ युगको सुरुवात भएको बताएका छन्।

पहिलाे महिला प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई लक्षित गर्दै उनले अब भ्रष्टाचार गर्न सय पटक सोच्नुपर्ने अवस्था आउने निश्चित भएको दाबी पनि गरेका छन्।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै शाहीले भनेका छन्, “राष्ट्रले पहिलो महिला प्रधानमन्त्री मात्र पाएको छैन। नयाँ युगको सुरुवात भएको छ। भ्रष्टाचार गर्न सय पटक सोच्नुपर्ने अवस्था आउने पक्का भएको छ।”

शाहीले यस परिवर्तनका लागि योगदान दिने युवाहरूलाई सलाम गर्दै उनीहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाएका छन्। उनले लेखेका छन्, “ती महान युवा साथीहरूलाई सलाम जसको बलिदानबाट यो प्राप्त भयो। तपाईँहरूको बलिदानलाई हामीहरू खेर जान दिने छैनौँ। सब मिलेर एकसाथ बढेर नयाँ बिहानीको सुरुवात गर्नुछ।”

Logo