गृहमन्त्री अर्यालकाे निर्णय- शोक दिवस मनाउने, मृतकका परिवारलाई एक लाख काजकिरिया खर्च

गृहमन्त्री अर्यालकाे निर्णय- शोक दिवस मनाउने, मृतकका परिवारलाई एक लाख काजकिरिया खर्च

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । गृहमन्त्रीमा नियुक्त भएर सपथ ग्रहण गरेसँगै ओमप्रकाश अर्यालले  विभिन्न निर्णय गरेका छन् ।

मन्त्री अर्यालले आन्दोलनमा मृत्युवरण गरेका मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने तथा तथा मृतकको शव घर ठेगानासम्म पु-याउने निर्णय गरेका छन् । साथै आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय पनि गरिएकाे छ।

शोक दिवस मनाउने मिति मन्त्रिपरिषद्ले तय गर्ने र निर्णयलाई मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइने छ ।

मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरेका थिए ।

Skip This
Skip This
Logo