काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले गत भदौ २४ गते देशका विभिन्न स्थानमा भएका तोडफोड र आगजनीका घटनामा आफ्ना कार्यकर्ताको संलग्नता पाइएमा कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।
पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘तोडफोड र आगजनीमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार छौं।’ पार्टीले यस्ता घटनामा जेनजी पुस्ताको आन्दोलनमा प्रतिगामी र लोकतन्त्र विरोधी तत्वहरू घुसेर विध्वंस मच्चाएको आरोप लगाएको छ। साथै, प्रमाणसहित दोषी ठहरिएका जो कोहीलाई सरकारले कानुनी कारबाही गर्नुपर्ने आग्रह पनि गरेको छ।
यी घटनामा माओवादी केन्द्रका पार्टी कार्यालयहरू, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत दर्जनौं नेता तथा कार्यकर्ताका घर र सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो। पार्टीले यस्ता विध्वंसात्मक कार्यप्रति स्पष्ट विरोध र भत्र्सना गरेको जनाएको छ।
यो प्रतिबद्धता जेनजी आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनापछि सार्वजनिक गरिएको हो, जसमा माओवादी कार्यालयहरू पनि निशाना परेका थिए।





























प्रतिक्रिया